काठमाण्डौ, साउन ५ । नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य माधब सापकोटा सुबोधले सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित लिदीका तीन बालबालिकाको शिक्षा र संरक्षणका लागि सहयोग गरेका छन् ।
नेता सुबोधको समन्वय र सहयोगमा भूकम्प र लिदी पहिरो पीडित अञ्जली दोङ, अरुण दोङ र रमेश दोङको शिक्षा र आववसीय व्यवस्थापन भएको हो । बिहीबार तीन जना बालबालिकालाई नेता सुबोधले पोखरास्थित बालकल्याण संस्था सेति बगरमा लगि शिक्षा एवं आवासीय संरक्षणको व्यवस्थापन गर्नुभएको हो । अब उनीहरुले कक्षा १२ सम्म निःशुल्क पढ्न पाउनेछन् ।
अञ्जली र अरुणका बाबु सिताराम दोङको सवारी दुर्घटनामा परि निधन भएपछि उनीहरुकी आमा पूजा स्याङ्वो माइतमै बसेकी छन् । यस्तै रमेशका बाबु राम कुमार दोङको समेत हाइड्रो पावरको इन्टेकमा डुबेर मृत्यु भएपछि बालबालिकाको विचल्ली भएको थियो । खबर पाए लगत्तै नेता सुबोध उनीहरुको शिक्षा र संरक्षणका लागि जुट्नु भएको थियो । उहाँकै सहयोग र समन्वयमा अघिल्लो साता लिदीकी एक बालिका असमाई दोङको शिक्षा र संरक्षण भएको छ । असमाई हाल असहाय तथा अनाथ बालबालिका संरक्षण फाउण्डेसन नेपाल, ललितपुरको संरक्षणमा रहेकी छन् ।
जुगल गाउँपालिकाको विकट गाउँमा पर्ने लिदीबासीले २०७२ साल बैशाख १२ र २९ गतेको भूकम्प र २०७७ साल साउन ३१ गतेको पहिरोबाट ठूलो जनधनको क्षती बेहोर्नु परेको थियो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com