
काठमाण्डौ, साउन २१ । नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य माधब सापकोटा सुबोधले दुग्धजन्य पदार्थको उत्पादन बृद्धिमा जोड दिएका छन् । आज सिन्धुपाल्चोकको बलेफि गाउँपालिकामा भएको अनुदान वितरण कार्यक्रममा बोल्दै नेता सापकोटाले दुग्धजन्य पदार्थको उत्पादन बढाएर नेपाललाई आत्मनिर्भर बनाउन आवस्यक रहेको बताएका हुन् ।
उनले भने, ‘जबसम्म किसानले गुणस्तरीय दूध उत्पादन गर्न सक्दैन, तबसम्म हामीले पनि गुणस्तरीय दूध बजारमा पठाउन सक्दैनौँ, अहिलेको आवस्यकता पूर्वाधार निर्माण गर्नु हो, त्यसका लागि चिस्यान केन्द्र बनाउन पहल गर्नेछु ।’
यस्तै, नेकपा माओवदी केन्द्रका बागमती प्रदेश कमिटी सदस्य प्रतापसिँह तामाङले दुग्धजन्य पदार्थ उत्पादनमा नेपाललाई आत्मनिर्धर बनाउन कृषकहरुलाई अनुदानका कार्यक्रम ल्याइ थप प्रोत्साहन गर्न आवस्यक रहेको औँल्याएका छन् ।
यस्तै, बलेफि गाँउपालिकाका अध्यक्ष गंगा तामाङले कृषकहरुका समस्यालाई मध्यनजर गर्दै एक जना पशुचिकित्सक राख्ने र थप अनुदानका लागि पहल गर्ने बताए ।
बलेफि गाउँपालिका वडा नम्बर ४ का पशुपालन गर्ने कृषकहरुले प्रोत्साहन स्वरुप अनुदान रकम पाएका हुन् । गाउँपालिकाको बिन्जेल दुग्ध उत्पादन सहकारी संस्थाको कार्यालयमा भएको एक कार्यक्रममा झण्डै एक सय ६० जना कृषकहरुलाई अनुदान रकम दिईएको हो । बागमति प्रदेश दुग्ध विकास बोर्डको आर्थिक वर्ष २०७७/०७८ को कार्यक्रम अन्तर्गत कृषकहरुले दुग्धजन्य पदार्थमा प्रतिलिटर एक रुपैँया चौसठ्ठी पैसाका दरले अनुदान पाएका छन् ।
दुग्ध विकास बोर्डले दुग्धजन्य सामाग्रीमा राष्ट्रलाई आत्म निर्भर बनाउने उद्धेश्यले कृषकहरुलाई अनुदान दिँदै आएको छ । कार्यक्रमको अध्यक्षता सहकारी संस्थाका अध्यक्ष यदुनाथ नेपालले गरेका थिए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com