साउन २६ । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा आंगिक शिक्षालय अर्थात प्राविधिक विषय पढाई हुने विद्यालय स्थापना हुने भएको छ ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को आज बसेको बैठकले नेचा सल्यान गाउँपालिकामा परिषद्को आंगिक शिक्षालय स्थापना गर्ने निर्णय गरेको हो ।
यसअघि आंगिक शिक्षालय स्थापनाका लागि माओवादी केन्द्रका नेता सांसद हेमकुमार राई ‘सुरबिर’ले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा माग गरेका थिए । राईको पहलमा अब सोलुखुम्बुमै प्राविधिक शिक्षा सञ्चालनको लागि बाटो खुलेको माओवादी नेता भुपेन्द्र कट्टेलले बताए ।
सांसद हेमकुमार राईले जिल्लामा हजारौँ युवाहरु बेरोजगार बन्नुपरेको कुरालाई मध्यनजर गर्दै प्राविधिक शिक्षा तथा शिपयुक्त तालिम मार्फत युवाहरुलाई रोजगारमुलक बनाउन प्राविधिक शिक्षा स्थापनाका लागि आफुले पहल गरेको बताए । उनले भने, ‘पूर्वाञ्चलमा कुनै पनि विद्यालयमा प्रभावकारी प्राविधिक पढाई छैन, अब हामी गुणस्तरीय प्राविधिक शिक्षाका लागि सक्दो प्रयास गर्नेछु ।’
यो एक वर्षभित्र शिक्षालय स्थापना गरि केही प्राविधिक विषयमा अध्ययन सुरु गर्ने गरि तयारी गरेको सांसद राईको भनाई छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com