राधा ढुंगाना
वैशाख, २३ । सोलुखुम्बुको पर्यटकीय क्षेत्र खुम्बु जोड्ने निर्माणाधीन मोटरेबल पुलको सोलुदुधकुण्ड नगरपालिकाले अनुगनमन गरेको छ । तिब्र गतिमा निर्माण भईरहेको सोही पुलको शनिबार स्थलगत रुपमै अनुगमनको लागि नगरपालिकाका मेयर नाम्गेलजाङबु शेर्पा, उपमेयर गान्धीमाया तामाङ, प्रमुख प्रशासकीय अधिकृत कोपीला राई पुगेका थिए ।
सोही पुल सोलुदुधकुण्ड नगरपालिका वडा नं १ र माप्यदुधकोशी गाउँपालिका १ को सिमाना दुधकोशी नदीमा निर्माणाधीन छ । जिल्लाको पर्यटकीय क्षेत्र खुम्बु जोड्ने मोटरेबल पुल भएकाले यो पुल निर्माणको कार्यलाई महत्वका साथ हेरिएको छ । अहिले पुल निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको मेयर शेर्पाले बताउनुभयो ।
महादेव खिम्ती हिराचन जेभीले निर्माणको जिम्मा पाएको पुलको गएको वर्ष जेठ अन्तिममा शिलान्यास गरिएको थियो । सात करोड ६ लाख ३३ हजार रुपैयाँको लागतमा निर्माण हुने पुल ५० मिटर लम्बाइ र ११ मिटर चौडाइ रहेको पुल फ्री स्ट्रेच प्रविधिबाट निर्माण भईरहेको छ ।
माप्यदुधकोशी गाउँपालिका हुँदै खुम्बु जोड्ने सडकखण्ड भएकाले दूधकोसी नदीमाथि बन्ने यो मोटरेबल पुलले माथिल्लो सोलुको पर्यटन क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने मेयर शेर्पाको भनाई छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com