भदौ, ७ । देशभरका स्थानीय तहमध्ये सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका उत्कृष्ट २५ मा परेको छ । स्थानीय सरकार सस्थागत क्षमता स्वमुल्याकन प्रणाली (लिजा) मा देशभरको पालिकाहरुमध्ये उत्कृष्ट २५ मा लिसंखुपाखर गाउँपालिका परेको हो ।
लिजाको उत्कृष्ट २५ मा आफ्नो गाउँपालिका परेपछि अध्यक्ष राजु लामा भन्छन्, ‘हाम्रो लिसंखुपाखर पालिका पर्न सफल भएको छ, सम्पुर्ण पालिकाबासी जनतालाई हार्दीक बधाई दिन चाहान्छौं, आगामी बर्षहरुमा पनि अझ उत्हासाका साथ काम गर्ने उर्जा मिलिरहोस् सम्पुर्ण पालिका बासिमा हार्दिक बधाई ।’
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्षभर पालिकाले सञ्चालन गरेका नीति तथा कार्यक्रम, गाउँसभाका निर्णय,कार्यपालिका बैठकका निर्णय, गाउँपालिकाको बजेट खर्च, कर्मचारीले सम्पादन गर्नुपर्ने क्रियाकलाप लगायतका कार्यको व्यवस्थित अभिलेखका आधारमा पालिकालाई लिजामा छनौट गर्ने गरेको छ ।
स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कनका १० वटा विषयक्षेत्र शासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, सहकार्य र समन्वय जस्ता विषयमा मुल्यांकन गर्ने गरिएको छ ।
ती विषयगतक्षेत्र अन्तर्गत जम्मा १०० वटा सूचकहरू रहेका छन् । प्रत्येक सूचकका लागि एक÷एक अंक निर्धारण गरिएको छ । हरेक विषय क्षेत्रका सूचकहरूलाई समग्र स्थिति, प्रक्रियागत स्थिति र परिमाणात्मक स्थिति गरी तीन तहमा व्यवस्थित गरिएको छ। मन्त्रालयले स्थानीय तहको कार्यप्रक्रिया, उपलब्धीहरूका बारेका लेखाजोखा गरी सवल र दुर्बल पक्षको पहिचान, विकास र सुशासनमा देखिएका कमी कमजोरी स्वमूल्यांकन गर्ने गर्दछ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com