काठमाडौं, साउन ६ । सिरहाको लहान नगरपालिकाका उपमेयर राम चलितर महतोविरुद्ध जबरजस्ती करणी गरेको उद्योगमा उजुरी परेको छ । जिल्ला प्रहरी कार्यालय सिरहामा उजुरी परेकाले अदालतबाट पक्राउ पूर्जी प्राप्त हुनासाथ आरोपीलाई नियन्त्रणमा लिएर अनुसन्धान थाल्ने प्रहरीले जनाएको छ । प्रहरीमा उजुरी परेपछि उनी सम्पर्कविहीन भएका छन् ।
उपमेयर महतोले जागिर लगाइदिने भनेर स्थानीय एक महिलालाई आफ्नै कार्यकक्षमा लगेर जबरजस्ती करणी गर्न खोजेको किटानी जाहेरीमा उल्लेख छ । कम्प्युटर अपरेटर पदमा जागिरका लागि निवेदन दिएकी महिलालाई दुर्व्यवहार गरेको आरोप उनीमाथि छ ।
यो गत जेठ महिनाको घटना हो । तर उजुरी भने प्रहरी कार्यालयमा दुई दिन अगाडि मात्र दर्ता भएको छ । जनता समाजवादी पार्टीका महतो गत स्थानीय तह निर्वाचनमा लहान नगरपालिकाको उपमेयरमा निर्वाचित भएका थिए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com