काठमाण्डौ, साउन १० । किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले नेकपा एमाले निकट मानिने करातेका दुई जना प्रशिक्षकलाई पक्राउ गरेको छ ।
१९ वर्षीया किशोरी बलात्कारको आरोपमा विराटनगर महानगरपालिका–४ का ५० वर्षीय अमर भनिने सुरज सुवेदी र विराटनगर–३ का ५० वर्षीय विनोद राउतलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका राउत राष्ट्रिय खेलकुद परिषदको मोरङ जिल्लाका र सुवेदी संखुवासभाका कराते प्रशिक्षक हुन् ।
होटलमा लगेर सामूहिक बलात्कार गरेको भन्दै किशोरीले जाहेरी दिएपछि उनीहरु आइतबार पक्राउ परेका हुन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट २०५२ सालमा करारमा प्रशिक्षक नियुक्त दुवै जनाले २०६१ सालदेखि स्थायी प्रशिक्षकको नियुक्ति पाएका थिए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com