काठमाण्डौ, साउन १० । सिद्धबाबालाई ‘बलात्कारी’ भन्दै नाराबाजी गर्ने रोशनी शाही पक्राउ पक्राउ परेकी छन् ।
पशुपतिनाथ क्षेत्रमा सातादेखि ‘अतिरुद्र महायज्ञ’मा जुटिरहेका बलात्कार आरोपी सिद्धबाबा भनिने कृष्ण गिरीविरुद्ध नाराबाजी गरेपछि रोशनी शाही पक्राउ परेकी हुन् । तत्कालीन सभामुख कृष्णबहादुर महराविरुद्ध बलात्कार आरोप लगाएकी शाही मंगलबार पशुपतिनाथ परिसरमा पुगेर सिद्धबाबाविरुद्ध नाराबाजी गरेकी हुन् ।
आफ्नै अनुयायीलाई बलात्कार आरोप लागेर हाल अदालतमा मुद्दा प्रक्रियामा रहेका सिद्धबाबालाई रोशनीले ‘बलात्कारी’ भन्दै विरोध जनाएकी थिइन् ।
त्यसपछि उनलाई प्रहरीले तत्कालै पशुपति परिसरबाट पक्राउ गरी महानगरीय प्रहरी बृत्त गौशालामा राखेको छ । पशुतपति परिसरमा सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानको नाममा ‘अतिरुद्र महायज्ञ’चलिरहेको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com