काठमाण्डौ, साउन ११ । पर्साको वीरगञ्जमा चार वर्षीया बालिकाको सामूहिक बलात्कारपछि इँटा प्रहार गरि हत्या गरिएको छ ।
वीरगञ्ज महानगरपालिका–२ छप्कैया घर भएकी बालिका साउन ५ गते साँझदेखि हराएकी थिइन् । परिवारले दिएको सूचनाको आधारमा प्रहरी र गाउँले बालिकाको खोजी गर्दा साउन ७ गते बालिकाको शव भेटिएको थियो ।
बालिकाको दायाँ तर्फको गाला र टाउकोमा चोट लागेको थियो । बालिकाको बलात्कारपछि हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । बलात्कार र हत्यामा संलग्न ३ नाबालक र १ जना किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
पक्राउ पर्नेमा वीरगञ्ज–२ घर भएका १७ वर्षीय सलमान खान उर्फ जफ्रुदिन, वीरगञ्ज महानगर–१६ घर भएका १९ वर्षीय सलमान खान, १२ वर्षका बालक र १६ वर्षका सैदुल्ला अन्सारी उर्फ करेल्हा छन् ।
आरोपीहरुले पालै पालो बलात्कार गरेको स्वीकार गरेका छन् । मृतकको शव पोष्टमार्टम गरेर दाहसंस्कार गरिएको छ । आरोपीहरुविरुद्ध जबर्जस्ती करणी र ज्यानसम्बन्धी कसुरमा जिल्ला अदालतबाट म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com