काठमाण्डौ, साउन १७ । ९० लाख ठगी गरेको आरोपमा ललितपुरबाट एक महिला पक्राउ परेकी छन् । बैंकिङ कसुर मुद्दा अन्तर्गत ९० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले सोमबार ललितपुरको बङ्गलामुखीबाट पक्राउ गरेको हो ।
बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटन ललितपुरले उनलाई पक्राउ गर्न भनेको थियो । पक्राउ पर्नेमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपाकिा–३ घर भइ हाल काठमाडौंको पुरानो बानेश्वर बस्ने वर्ष ३५ की माया बस्नेत थापा रहेकी छन् । थापालाई थप अनुसन्धानको लागि प्रहरी वृत्त बालाजु पठाइएको छ ।
थापाले भरतमणि घर्ती मगरसहित केही व्यक्तिहरूलाई वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगी गरेको सम्बन्धमा वैदेशिक रोजगार विभागमा उजुरी परेको छ । सोही सम्बन्धमा पनि पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com