साउन २२ । महोत्तरीमा एक व्यक्तिले आगो लगाएर श्रीमती र उनकी आमाको हत्या प्रयास गरेका छन् । भंगहा नगरपालिका–१ कञ्चजनवनमा ज्वाइँले सासु र श्रीमतीलाई मट्टितेल खन्याएर आगो लगाएका हुन् । औरही नगरपालिका–८ का शंकर सदाले भंगहा नगरपालिका–१ कञ्चजनवनकी ६५ वर्षीया सासु रेसमादेवी सदा र ३५ वर्षीया प्रमिलादेवी सदामाथि मट्टितेल खन्याएर गएराति आगो लगाएका हुन् ।
अहिले उनीहरु सख्त घाइते भएका छन् । दुवै जनाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार सम्भव नभएपछि काठमाडौं रेफर गरिएको छ । घरायसी विवादमा ज्वाइँले वृद्ध सासु र श्रीमतीलाई मट्टितेल खन्याएर आगो लगाएको जिल्ला प्रहरी कार्यालय महोतरीले जनाएको छ । सासु र श्रीमतीलाई आगो लगाएर शंकर सदा भने फरार भएका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com