साउन २३ । पछिल्लो २४ घण्टामा थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ हजार ८६२ जनाको पीसीआर परीक्षण गर्दा ४९८ जना र २ हजार ४८९ जनाको एन्टिजेन परीक्षण गर्दा ४३६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै सोही अवधिमा एक जनाको मृत्यु भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ४७० जना कोरोना संक्रमण मुक्त भएका छन् । अहिले नेपालमा ५ हजार ६ सय ८६ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com