साउन ३० । मिर्गौलामा सङ्क्रमण हुनुका धेरै कारणहरु छन् । मिर्गौलाको सङ्क्रमणको उचित उपचार गरिएन भने यसले मानिसको मिर्गौलालाई गम्भीर क्षति समेत पु¥याउँ छ । त्यसैले समयमै मिर्गौला सङ्क्रमणको लक्षण पहिचान गर्न जरुरी छ । पानी, खाना र यूरिनरी ट्रयाक इन्फेक्सन आदिका कारण मिर्गौलामा सङ्क्रमण हुने चिकित्सकहरु बताउँछन् ।
पिसाबको रंग, गन्ध र कम वा कम मात्राले मिर्गौला सङ्क्रमणलाई सङ्केत गर्छ । त्यस्तै, पिसाब जाँदा दुखाइ वा चिलाउने पनि सङ्क्रमणको कारण हो । सङ्क्रमण बढ्दै जाँदा उच्च ज्वरो आउने, पछाडि र पेटको तल्लो भाग वा छेउमा गहिरो दुखाइ हुने, वाकवाकी महसुस हुने, भोक नलाग्ने, पिसाबमा रगत देखिनु, बारम्बार पिसाब लाग्ने तर पिसाब नहुनु पनि मृर्गौला संक्रमणको लक्षणहरु हुन् ।
मिर्गौला सङ्क्रमणको अवस्थामा, व्यक्तिले पेल्भिक क्षेत्रमा दुखाइ महसुस गर्न सक्छ । यो दुखाइ हल्का र तीव्र हुन सक्छ । यदि तपाईंको पिसाबको रंग सफा र पारदर्शी पानीको सट्टा धमिलो छ भने वा यदि पिसाबको रंग हल्का गुलाबी वा हल्का रातो छ भने, यो गम्भीर मिर्गौला सङ्क्रमणको सङ्केत हो । पिसाबको रंग गुलाबी वा रातो हुनुले तपाईंको पिसाब नलीमा रगत बगिरहेको सङ्केत गर्छ ।
मिर्गौलामा सङ्क्रमण हुने कारणहरु
१. फोहोर वा दूषित पानी र खानेकुराले पेट बिग्रन्छ र यसको ब्याक्टेरिया कहिलेकाहीँ मिर्गौलामा पुग्छ ।
२. मूत्राशयको सङ्क्रमणको अवस्थामा, सङ्क्रमण मूत्रमार्ग (शरीरबाट पिसाब बाहिर लैजाने नली) मार्फत मिर्गौलामा पुग्छ ।
३. मूत्र सङ्क्रमण पनि मिर्गौला सङ्क्रमणको प्रमुख कारण हो। यही कारणले यसलाई ‘जटिल यूटीआई’ पनि भनिन्छ ।
उपचार विधि
मिर्गौलाको सामान्य समस्या औषधिबाटै कम गर्न सकिने भए पनि रगतमा फोहोरको मात्रा बढ्दै गएमा थप उपचारविधि अपनाउनुपर्ने डाक्टरहरूको भनाइ छ ।
नेपालमा मिर्गौलाको उपचारमा उपकरणको सहायताले अस्पतालमै गएर गरिने डायालिसिसबाहेक सीएपीडी भनिने पेटभित्र प्लास्टिकको थैली राखेर रगत सफा गरिने विधि पनि प्रयोग हुँदै आएको छ । डायालिसिसमा यन्त्रको सहायताले शरीरबाट रगत झिकेर सफा गरिएको रगत शरीरमा पुनः पठाउने गरिन्छ । चार घण्टा लाग्ने यो विधि बिरामीको अवस्था हेरि सातामा दुईदेखि तीन पटकसम्म गर्नुपर्ने डाक्टर काफ्ले बताउँछन् ।
सीएपीडी डायालिसिस उपचारमा चाहिँ पेटभित्र राखिएको थैलीमा दिनमै दुई–तीन पटकसम्म पानी फेर्नुपर्ने हुन्छ । उपचारको अर्को विधि मिर्गौला प्रत्यारोपण हो । यसमा दोस्रो व्यक्तिको मिर्गौला शल्यक्रिया गरेर मूत्रथैलीको छेउमा राखिन्छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com