पर्सा। पर्सागढी नगरपालिका-१ बडेरुवाबाट अवैध लागुऔषध गाँजा ५ किलो ७ सय १३ ग्रामसहित मकवानपुर सुनाचुरी गाउँपालिका-६ बस्ने ३८ वर्षीय चन्द्रमान प्रजालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
अस्थाई प्रहरी पोष्ट मानवाबाट खटिएको प्रहरीले जितपुरबाट मनवातर्फ आउँदै गरेको प्रदेश नं.-२-०३-००१ ह २७२ नम्बरको अटो रिक्सालाई जाँच गर्ने क्रममा उक्त गाँजासहित उनलाई पक्राउ गरेको हो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com