भक्तपुर, १८ असाेज । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका- ९ निकोसेरामा बिहीबार बिहान दुवाकोट मोडबाट पुरानो ठिमीतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०४१प ३३१९ नं. को मोटरसाइकल र पुरानो ठिमीबाट राधेराधेतर्फ आउँदै गरेको बा. ५ च. २०४९ नं. को कार एक–आपसमा ठक्कर खाई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
कार अनियन्त्रित हुँंदा बाटोमा हिँडिरहेका पैदलयात्री धनुषा जनकपुर नगरपालिका-९ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. ९ राधेराधे बस्ने बर्ष ५८ को योगराज बरालको मृत्यु भएको हो ।
मोटरसाइकल चालक भक्तपुर चाँगुनारायण नगरपालिका-२ दुवाकोट बस्ने बर्ष २० मिलन कार्कीसमेत घाइते भएकोमा उपचारपछि डिस्चार्ज भएका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com