काठमाडौं, २० असोज । जनमत पार्टीका अध्यक्ष चन्द्रप्रकाश (सिके) राउत)ले हालै भएको शिक्षक महासंघसँग सम्झौता प्रति असन्तुष्टी प्रकट गरेका छन ।
नेपाल सरकारले आन्दोलनरत शिक्षकहरुसँग सम्झौता गर्दा शिक्षा र बिद्यार्थीका बारेमा कतै पनि उल्लेख नगरेको भन्दै असन्तुष्टी प्रकट गरेका हुन ।
बिद्यालय शिक्षा बिद्येयक २०८० का बारेमा प्रतिनिधिसभा बैठकमा छलफल चलिरहेको बखतमा उनको यो धारणा बाहिर आएको हो । ‘शिक्षकहरुले आन्दोलन गरे, हाम्रो पनि समर्थन रहयो, नेपाल शिक्षक महासंघ र नेपाल सरकारले सम्झौता गरयो, ६ खण्डमा त्यहाँ ३२ बुदाँहरु छन,’ उनले भनेका छन, ‘त्यसमा एउटा मात्रै बुदाँ पनि बिद्यार्थीको हितको देखाउनुहोस, एउटा मात्रै बुदाँ पनि सुलभ र गुणस्तरीय शिक्षाका लागि देखाउनुहोस, एक शब्द छैन ।’
उनले सामाजिक सञ्जालबाट आफनो दृष्टीकोण राख्दै अगाडी प्रश्न गरेका छन, ‘शिक्षाको सरोकार शिक्षक र सरकारलाई हुने कि नहुने ?’
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com