काठमाडौं । आज कालिमाटी फलफुल तथा तरकारी बजारमा भारतीय ठूलो गोलभेडा प्रतिकिलो ५० रुपैयाँ थोक मूल्यमा बिक्री भइरहेको छ । विकास समितिले वेभसाइटमा राखेको मूल्यसूचीअनुसार सानो लोकल गोलभेडा ५५ रुपैयाँमा बिक्री भइरहेके छ ।
यस्तै, रातो आलुको थोक मूल्य ७७ रुपैयाँ, सेतो आलुको थोक मूल्य ६२ रुपैयाँ, सुकेको प्याजको थोक मूल्य १०१ रुपैयाँ कायम छ । यसअघि, भारतीय सुकेको प्याजको थोक मूल्य ७६ रुपैयाँ आसपास थियो । दसैंको समयमा व्यापारीले प्याजको थोक मूल्य समेत बढाएका हुन् ।
गाजरको थोक मूल्य १३५ रुपैयाँ, बन्दाको थोक मूल्य ६०, काउली १०५ रुपैयाँमा कारोबार भइरहेको छ । लाम्चो भन्टा ४५, बोडी ८६ र घिउ सिमी २५ रुपैयाँमा कारोबार भइरहेको छ । यसबाहेक, तिते करेलाको थोक मूल्य ८६ रुपैयाँ छ भने लौकाको मूल्य ३७ रुपैयाँ छ । परवर ६३ रुपैयाँमा कारोबार हुँदा घिरौला ५५ रुपैयाँमा कारोबार भइरहेको छ । कन्या च्याउ ६६ रुपैयाँ, डल्ले च्याउ २६६ रुपैयाँमा कारोबार भइरहेको समितिले जानकारी दिएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com