काठमाण्डौ । ललितपुरको महालक्ष्मी नगरपालीका–५ स्थीत टिकाथलीमा पानीका लागि बोरिङ खन्ने क्रममा आगोको ज्वाला निस्किएको छ । टिकाथलीको गोदावरी खोला नजिक खानेपानीको बोरिङ खन्ने क्रममा ग्यास निस्केर आगो लागेको हो । बोरिङ खन्ने क्रममा एक्कासी आगोको मुस्लासहितको ग्यास निस्केपछि स्थानीयहरु त्रसित भएका छन् । आगोको ज्वाला निस्किएपछि बोरिङ खन्ने काम रोकिएको छ ।
पानीका लागि बोरिङ खन्ने क्रममा ग्यास निस्केर आगो लागेको ललितपुर प्रहरीले जनाएको छ । महालक्ष्मी नगरपालीकाका केहि स्थानमा यसअघि पनि इनार र बोरिङ खन्ने क्रममा ग्यास निस्किएको थियो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com