
काठमाडौं । पहिले सूचना पाएपछि प्रहरी पाँच मिनेट भित्र घटना स्थलमा पुथ्यो । तर अहिले तपाईको अघि कसैको ज्यानै जाओस् वा अरु जघन्य अपराधहरु घटोस् , तुरुन्त प्रहरी आइपुग्ने संभावना कम छ । किनकी प्रहरीलाई अहिले गुडनलाई न मोटरसाईकल छ न भ्यान । भएका थोत्रा भ्यान र मोटरसाईकलहरु जेन जी आन्दोलनमा अराजकहरुले जलाएर खरानी बनाइदिए । अहिले प्रहरीले आगजनी हुनबाट जोगिएका थोरै सवारी साधन, प्रहरीहरुका आफ्नै नीजि सवारी साधन, यदि त्यो पनि नभए खुट्टाले दौडिएर जानु पर्ने बाध्यता छ । अव तपाई आफैं कल्पना गर्नुस, हाम्रो शान्ति सुरक्षा अहिलेकै अवस्थामा कसरी प्रदान होला ?
सवारी साधन मात्रै होइन, जेनजी आन्दोलनमा प्रहरीका दर्जनौं चौकी जलाइयो, हातहतियार, सञ्चार उपकरण लगायत महत्वपूर्ण सामाग्रीहरु लुटियो । प्रहरीका बर्दी समेत लुटेराहरुले बांकी राखेनन् । यस्को ताजा परिणाम समाजमा दैनिक बढिरहेका जघन्य अपराधका घटनाहरुलाई लिन सकिन्छ । उदाहरणका लागि यही भदौं २४ गते काठमाडौंकै पmरपिङमा भएको सुरेश श्रेष्ठको हत्या काण्ड लाई लिन सकिन्छ । स्रोत साधनको अभावमा रहेको प्रहरीलाई श्रेष्ठको हत्यारा पत्ता लगाउन हम्मे हम्मे पर्यो । को अनुसन्धान गर्न प्रहरीलाई निकै समय लाग्यो । एकातिर प्रहरीसंग स्रोत साधनको अभाव, अर्को तिर आन्दोलनकै बीचमा फरार भएका साँढे पाँच हजार कैदीहरु अहिले पनि जेलबाहिरै रहँदा सुरक्षा चुनौती अझै थपिएको छ ।
भदौं २४ गते पछि भएका कतिपय हत्या, बलात्कार जस्ता अपराधमा तिनै फरार कैदीहरुकै संलग्नता हुनुले समाजलाई थप त्रसित बनाएको छ । जेन जी आन्दोलनमा काठमाडौं उपत्यका भित्र मात्रै १सय २२ प्रहरी कार्यालय भवन पूर्ण रुपमा क्षति हुँदा ९६ कार्यालयहरुमा आंशिक रुपमा क्षति पुगेको तथ्यांक छ । त्यस्तै १ सय १७ चारपांग्रे पूर्ण रुपमा क्षति हुँदा ४ वटामा आंशिक क्षति पुगेको थियो । १ सय ५८ वटा मोटरसाईकल स्कूटरहरु जलेर नष्ट भएका थिए। त्यस्तै प्रहरीका दर्जनौं हातहतियार, गोली गट्ठाका साथै सञ्चार उपकरण पनि लुटिएको थियो । कतिपय हतियार बरामद भएपनि अझैं ठूलो संख्यामा लुटेराहरुकै साथमा रहेकाले पनि सुरक्षा चुनौती थप रहेको जानकार बताउँछन् । काठमाडौं उपत्यकामा मात्रै नभएर उपत्यका बाहिर पनि दर्जनौं स्थानमा प्रहरी कार्यालयहरुमा आगजनी गरिएको थियो । आन्दोलनका क्र्ममा तीन जना प्रहरीले समेत ज्यान गुमाएका थिए । दुई दिनको आन्दोलन पश्चात प्रहरीहरु कति दिन सम्म त कार्यालय मै आउन नसक्ने अवस्था बन्यो ।
अहिले प्रहरी आफैं पनि मानसिक रुपमा बलियो भइनसकेको अवस्था छ । यस्तोमा प्रहरीका लागि रिफ्रेसमेन्टका लागि चलचित्र देखाउने, हाइकिङ लग्ने लगायतका काम गर्न थालिएको छ । पछिल्ला केही समय यता भने प्रहरी तंग्रिने प्रयासमा छ र अपराधमा संलग्नहरुलाई पनि भटाभट पक्राउ गर्न थालेको छ । कतिपय भवनहरुको पुर्ननिर्माण थालिएको छ भने कतिपय अस्थायी रुपमा भएपनि प्रहरीले शान्ति सुरक्षा, अमनचयनका लागि भूमिका निर्वाह गरिरहेको छ ।

White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com