काठमाण्डौ, साउन १७ । बंगलादेश साफ यू–२० च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज भएको लिग चरणको अन्तिम खेलमा नेपालसँग बराबरी खेल्दै बंगलादेश फाइनलमा पुगेको हो । बराबरीसँगै नेपालले फाइनल पुग्ने सम्भावना पनि कायम राखेको छ ।
भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपालले बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको हो । खेलको ६३ औं मिनेटमा मोहमद पियास अमहेद नोभाले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए । निरन्जन मल्लले ६८ औं मिनेटमा गोल गर्दै नेपाललाई १–१ गोलको बराबरीमा ल्याए ।
नेपालले ४ खेलमा ७ अंक जोडेर दोस्रो स्थानमा छ । अब नेपालले फाइनल पुग्न भारत र माल्दिभ्सबीचको खेलको भारत पराजित हुनु पर्ने हुन्छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com