
काठमाडौं । अन्ततः लामो रस्सकसी र तिब्र दवावका बीच टीयु क्रिकेट स्टेडियम तयार भैसकेको छ । अब दर्शकले धुलोमा होइन, प्यारापिटमा बसेर क्रिकेटको रोमाञ्चकता लिन पाउने छन् । त्यो पनि फ्लड लाईटको चम्किलो उज्यालोमा बसेर क्रिकेट हेर्न पाउने दिन अब धेरै पर छैन् । एक महिना भन्दा कम समयमा सुरु हुने एनपीएलबाटै नेपाली क्रिकेट प्रेमी दर्शकले रातको समयमा पनि क्रिकेटको मज्जा लिन पाउने छन् । टीयू अन्र्तराष्ट्रिय क्रिकेट मैदानमा प्यारापिट निर्माणको काम सकिएको छ भने ६ वटा फ्लड लाईट जडानको काम पनि अन्तिम चरणमा पुगेको छ ।
हप्ता दिन अघि मात्रै सहरी विकास मन्त्री कुलमान घिसिङले स्थलगत निरिक्षण गर्दै तिहार अघि नै मुलभूत काम सक्न निर्देशन दिएका थिए । नयाँ सरकार गठन भएदेखित निर्माण कार्य झनै तिब्र रुपमा विस्तार गरिएको थियो । तीन सिफ्टमा गरिएको काम अन्ततः तिहारको लक्ष्मी पूजाका दिन .मुलभूत रुपमा सकिएका छन् । अब कागजी प्रक्रिया पुरा गरेपछि तिहार लगत्तै हस्तान्तरण गरिने निर्माण व्यवसायीले जानकारी दिएका छन् । यो एक असाध्यै खुसीको समाचार हो । सरकारको आवश्यक सहयोग र प्राविधिक सहितका कामदारको अथक मेहनतबाट क्रिकेट स्टेडियम तयार भएको निर्माण व्यवसायी बताउँछन् ।
बर्खाको समयमा क्रिकेट स्टेडियम निर्माण गर्नु कम चुनौतिपूर्ण थिएन् । तर पनि सरकारबाट आवश्यक सहयोग समयमै पाउँदा निर्माणले गति लिएको निर्माण व्यवसायी बताउँछन् । अझ खुसीको कुरा त डन्डीको भाउ बढ्दा पनि सम्झौता गरिएभन्दा करिब तीन करोड रुपैयाँ कममा प्यारापिट निर्माण सम्भव भएको छ ।
प्यारापिट निर्माणको जिम्मेवारी बीकेओआई –किरातेश्वर–बीजी र फ्डललाईट जडानको काम भीशाण–इश्वरी जेभीले गरेका हुन् । फ्लडलाईट जडानका लागि २७ करोड ४० लाख रुपैयाँ सम्झौता गरिएको थियो । फ्लडलाईट जडानका लागि ६ वटा पोल ठडाइएको छ । प्यारपिट निर्माण र फ्लडलाईट जडानका लागि गत वर्ष फागुनमा सम्झौता गरेर बैशाख २४ गत भित्र सक्ने लक्ष्य लिएको भएपनि केही महिना ढिलो गरी सम्पन्न भयो । पहिलो चरणमा १० हजार सिट क्षमतामा प्यारापिट निर्माण गरिएपनि दोस्रो चरण र तेस्रो चरणमा विस्तारका लागि झण्डै १० अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । पुरै क्षमतामा विस्तार भएपनि झण्डै ४५ हजार सिट क्षमताको अन्र्तराष्ट्रिय स्तरको क्रिकेट स्टेडियम तयार हुने छ । केही दिन अघि मात्रै मैदानको निरीक्षण गर्न पुगेका मन्त्री कुलमान घिसिङले मैदानको बांकी काम छिटो सक्न र हत्तान्तरण गर्न निर्देशन दिएका थिए । सोही अवसरमा दोस्रो चरणको काम पनि सुरु गरिने मन्त्री घिसिङले जानकारी दिएका थिए । टीयू क्रिकेट मैदान संगै काठमाडौंको मुलपानीका साथै चितवनमा गौतम अन्र्तराष्ट्रिय क्रिकेट रंगाशाला निर्माणको काम पनि जारी छ । अन्र्तराष्ट्रिय स्तरका क्रिकेट रंगाशाला निर्माण पछि टेस्ट राष्ट्र समेत नेपालमा क्रिकेट खेल्न आउने अपेक्षा गरिएको छ । भर्खरै , नेपालले आगामी वर्ष हुने टी ट्वान्टी विश्वकपको छनौटमा च्याम्पियन बनेको खुसी एकातिर अर्को तिर टीयू मैदान तयार भएपनि क्रिकेट प्रेमीका लागि दोहोर खुसी मिलेको छ ।
नेपालमा हुने अन्र्तराष्ट्रिय क्रिकेट होस वा एनपीएल जस्ता फ्रेन्चाईज क्रिकेक लिगहरु नै किन नहुन् । क्रिकेट प्रेमी दर्शकको कहिल्यै कमी भएन्, । एउटा मात्रै अन्र्तराष्ट्रिय स्तरका टीयू क्रिकेट मैदानमा दर्शक धुलो र माटोमै बसेर नेपाली क्रिकेटलाई समर्थन गरिहे । पानी पर्दा छाता ओढेर पनि नेपाली क्रिकेट टीमको समर्थनमा कुनै कन्जुसाई गरेनन् । खचाखच दर्शकले भरिएको मैदानमा भित्र प्रवेश नपाउनेले रुखमै बसेर पनि क्रिेकट हेर्दा । विश्व क्रिकेटका हस्तीहरुले नेपाली क्रिकेट प्रेमी दर्शकको खुलैरै प्रशंसा गरे । खेलाडीको मेहनत र क्रिकेट फ्यानको कमी नभएको नेपाली क्रिकेटमा कमी थियो त केबल गतिलो क्रिकेट मैदानको । अब त्यो कमी पनि पुरा भएको छ ।
भिडियोका लागि तलको लिंक क्लिक गर्नुहोस् ।

White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com