चैत, २८ । संघीय निजामती विधेयक मस्यौदा विरुद्ध कर्मचारीहरुले आज पनि आन्दोलन गरेका छन् । संघीय निजामती सेवा विधेयकको मस्यौदामा आपत्ति जनाउँदै राजपत्र अनंकित कर्मचारी नायब सुब्बा र खरिदारले हिजोदेखि आन्दोलन सुरु गरेका हुन् । १५ बुँदे माग राख्दै उनीहरुले ‘निजामती कर्मचारी स्वतन्त्र अभियान’ जारी राखेका छन् ।
‘निजामती कर्मचारी स्वतन्त्र अभियान’ का संयोजक पशुपति पोखरलका अनुसार शाखा अधिकृत पदपूर्तिमा ५० प्रतिशत खुल्ला, ४० प्रतिशत बढुवा र १० प्रतिशत आन्तरिक प्रतिस्पर्धाको व्यवस्था गर्न, राजपत्र अनंकित कर्मचारीलाई पनि सेवा अवधि र शैक्षिक योग्यताका आधारमा उपसचिव र सहसचिवमा प्रतिस्पर्धाको बाटो खोल्न माग गरिएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com