माघ, ११ । राष्ट्रियसभामा १८ सिटसहित नेकपा माओवादी केन्द्र पहिलो दल बनेको छ । माओवादीले बिहीबार भएको निर्वाचनमा एक सिट गुमाएर ५ सिट जित्न सफल भएको छ ।
माओवादीका हाल उपाध्यक्षसहित एक मनोनीत गरेर १६ सदस्य छन् । रिक्त हुन लागेको साबिक ३ जनासहित थप दुई सिट थपेर माओवादी पहिलो दल बन्न सफल भएको हो । निर्वाचनबाट ५ जना विजयी हुँदा राष्ट्रियसभामा माओवादीका १८ सांसद पुग्छ ।
बागमतीबाट अपाङ्गतातर्फ माओवादीका श्रीकृष्ण अधिकारी, गण्डकीबाट महिलातर्फ मनरूपा शर्मा, लुम्बिनीबाट अन्यतर्फ झक्कु सुवेदी, कर्णालीबाट दलिततर्फ विष्णु विश्वकर्मा र सुदूरपश्चिमबाट महिलातर्फ रेणु चन्द विजयी हुन सफल भएका हुन् ।
गठबन्धनबाट ६ जना चुनावी मैदानमा उत्रिएकामध्ये कोशीकी उम्मेदवार चम्पा कार्की बाहेक ५ जना उम्मेदवार विजयी हुन सफल भएका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com