काठमाडौं । सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका उद्योगपति अरुण चौधरीलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत, काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनलाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको सीआईबी प्रमुख किरण बज्राचार्यले बताएका छन् ।
ब्यूरोको टोलीले बिहीबार चौधरीसहित छालाजुत्ता कारखानाका सञ्चालक समितिका कार्यकारी प्रमुख अजितनारायाण सिंह थापालाई पक्राउ गरेको थियो । उनलाई पनि ४ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।
प्रहरीले अपराह्न सीजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुरलाई पनि पक्राउ गरेको छ । उनलाई म्याद थपका लागि भोलि शुक्रबार अदालतमा उपस्थित गराउने प्रहरीले जनाएको छ । बासबारी छाला उद्योगको १० रोपनी जग्गा व्यक्तिको नाममा ल्याई सरकारी जग्गा अपचलन गरेको उनीहरुलाई आरोप छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com