काठमाडौँ, माघ, १९। पूर्व युवरानी हिमानी शाह र भारतीय चलचित्रकी नायिका मनिषा कोइरालाको अन्तरवार्ता सार्वजनिक भएको छ । उक्त अन्तरवार्तामा पुर्व युवरानी हिमानी शाहले आफ्नो व्यक्तिगत जीवनका बारेमा धेरै जानकारीहरु दिएकी छिन् । र जीवनलाई कसरी सहज, हसिलो र खुसीयाली बनाउने भन्ने टिप्स पनि दिएकी छिन् । पुरै ५८ मिनेटको त्यो अन्तरवार्ता हेर्न लायकको छ । मनिषा कोइराला प्रश्न कर्ताको रुपमा देखिएकी छिन् भने उनले हिमानीलाई व्यक्तिगत जीवनका बारेमा पनि थुप्रै प्रश्नहरु गरेकी छिन् । जहाँ हिमानी शाहले आफ्नो तीन दिदीबहिनीहरु रहेको र आफू माइली छोरी भएको बताए किछन् । उनकी दुबै दिदी र बहिनीहरु डाक्टर छन् । जब हिमानी शाह ६ वर्षकी थिइन् । तब उनको आमा स्वर्गिय भइन् । बुबाकै संरक्षणमा हुर्किएको बताउने हिमानीले दिदी बहिनीको जस्तो पढाई लेखाई आफ्नो नभएको बताइन् । हिमानी शाहले १२ कक्षासम्म मात्रै औपचारिक शिक्षा पढेको बताएकि छिन् । उनले भनिन्, ‘जब मैले १२ कक्षा पढेँ तब विवाह भइहाल्यो । पढ्न पाइनँ ।’
हिमानीको बुबा भारतीय नागरिक हुन् । तथापी उनले आफू नेपालमै जन्मेको र नेपालमै हुर्केकाले आफू सानै देखि नेपाली रहेको बताएकी छिन् । राजपरिवारमा विवाह भएपछि झनै नेपाल प्रतिको मायाँ, राष्ट्र र राष्ट्रियता प्रति अघाध स्नेह पलाएको व्यक्त गरेकी छिन् ।
हिमानीले आफूमा भन्दा बढि देश प्रतिको माया र चिन्ता बुबा हजुरमा रहेको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहको राष्ट्रप्रेमलाई व्यक्त गर्ने कोसिस गरेकी छिन् । ज्ञानेन्द्र शाहमा रहेको राष्ट्रप्रेमका बारेमा शब्दमा बर्णन गर्न नसकिने बताएकी छिन् ।
अन्तरवार्ताको क्रममा हिमानीले धेरै ठाउँमा चाखलाग्दो जावाफ दिएकी छिन् । जस्तो उदाहरणका लागि, मनिषाले हिमानीलाई सोध्छीन्, ‘तपाईलाई जनताले खुब देख्न र भेट्न मन गरिरहेका छन् । तपाईलाई एक झलक देख्न मात्रै पाए पनि जनताहरु खुसी मान्छन् । त्यो चाहना तपाईसंग पनि रहेछ । कुनै समय जनता र तपाईबीच नजिकको सम्वन्ध कायम हुन्छ रु’ यस्तो प्रश्नमा हिमानीले एक शब्मै जवाफ टुंग्याउदै भन्छीन्, ‘होस’ ।
त्यसपछि मनिषा एक शब्दको जवाफ सुनेर अनपेक्षित महसुस गर्छिन् । वास्तवमा मनिषाले घुमाउरो पारामा राजसंस्था प्रति लक्षित प्रश्न राखेकी थिइन् । र हिमानी शाहबाट गम्भीर प्श्नको गम्भीर र केही व्याख्यात्मक जवाफ अपेक्षा गरेकी थिइन् । तर हिमानीको एक शब्दकै जवाफले धेरै जवाफ दिएको छ । अर्थात हिमानी शाहले राजसंस्था र जनताबिचको सम्बन्ध अझै प्रगाढ होस् भन्ने चाहना राखेकि छिन् । त्यसको अर्थ राजसंस्था फर्किदिए हुनथ्यो भन्ने हिमानीको चाहना देखिन्छ ।
मनिषाले अन्तरवार्ताभर हिमानीको व्यत्तिगत जिवन शैलीको पटक पटक प्रशंसा गर्छिन् । र यति सरल जिवन हासीखुसी कसरी जिउन सकिन्छ भनेर सोध्छिन् । त्यसको जवाफमा हिमानीले सुखमा नमात्तिने र दुखमा नआत्तिने नैतिक शिक्षा लिएको छु त्यसै कारण म खुसी देखिन्छु की भनेर जवाफ दिएकि छिन् । हिमानीको यो अभिव्यक्तिलाई मानिसहरुले खुब मन पराएका छन् । उनले प्रश्न पनि गरेकी छिन् अहिलेका बालबालिकालाई नैतिक शिक्षा खै ? हिमानीले अन्तरवार्तामा देशको विकास हुन नसकेकोमा चिन्ता प्रकट गरेकी छिन् । देशबाट युवाहरु विदेश पलायन भइरहेकोले नेपालको भविष्य सुन्दर नदेखेको बताएकी छिन् । त्यसका लागि सबैले मिलेर विकास निर्माण र सचेताको कामहरु गर्नु पर्ने बताएकि छिन् । अन्तरवार्ता लिने र दिने दुर्व हाई प्रोफाइल व्यक्तिहरु रहेकाले मनिषा हिमानी अन्तरवार्ता खुब रुचाइएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com