चैत, २६ । काठमाडौंको वायु प्रदूषण विश्वकै अस्वस्थकरको सूचीमा तेस्रो स्थानमा पुगेको छ । केहिदिनयता काठमाडौंको वायु प्रदूषण खराब स्थितिमा पुगेको हो । विश्वभरको वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार काठमाडौंको वायु विश्वकै अस्वस्थकरको सूचीमा तेस्रो स्थानमा छ भने पहिलो स्थानमा भारतको नयाँदिल्ली र दोस्रो स्थानमा थाइल्याण्डको चिङ्गमाई छ ।
सोमबार बिहान काठमाडौंको वायु गुणस्तर सूचकांक एक्यूआई १७३ पुगेको छ । यो जनस्वास्थ्यको हिसाबले निकै अस्वस्थकर हो । १५१ देखि २०० एक्यूआईलाई रातो रंगले चित्रित गरी ‘अस्वस्थकर’ मानिन्छ ।
जनस्वास्थ्यविदहरुले काठमाण्डोमा अस्वस्थकर वायु हुँदा घरभित्रै बस्न र बाहिर निस्किनै परे मास्क, चस्मा र पूरै शरीर ढाकिने कपडा लगाउनुपर्ने सुझाव दिएका छन् । यस्तो प्रदुषणबाट स्वासप्रश्वासका विरामी र बालबालिकाहरु बढि जोखिममा पर्दछन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com