पुष, ५ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले दिएको अभिव्यक्तिको आलोचना चुलिएको छ । आफुले दिएको अभिव्यक्ति विवादमा आएपछि मन्त्री किराँतीले त्यसको खण्डन गरेका छन् । आज सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री किराँतीले बहसका लागि सबैलाई धन्यवाद भन्दै संविधानलाई पालना गर्दै भ्रातृत्व र सहिष्णुता कायम गर्न र अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गरौं भन्ने आफ्नो जोड रहेको प्रतिक्रिया दिएका छन् । र उनले यतिबेला आफु सवैको अभिभावक रहेको र सबैको अस्तित्वको समान गर्ने पनि बताएका छन् ।
मन्त्री किराँतीको प्रतिक्रिया जस्ताको तस्तै,
बहशको लागि सबैलाई धन्यवाद !
संविधानलाई पालना गर्दै भातृत्व र सहिष्णुता कायम गरौं ! अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गरौं भन्ने मेरो जोड हो,
भन्नलाई त मलाई;
पशुपतिनाथ सफा गर्दा हिन्दु भने,
बौद्ध दर्शनको वकालत गर्दा बुद्धिष्ट भने,
मुस्लिमको कार्यक्रममा जाँदा मुस्लिम भने,
क्रिष्टियनको कार्यक्रममा जाँदा क्रिष्टियन भने,
फेरिपनि भन्छु अहिले म सबैको अभिभावक हुँ त्यसैले सबै अस्तित्वको समान गर्छु र सबैले गरौ । अन्तमा अर्काको अस्तित्वलाई स्वीकार गर्नु भनेको आफ्नो अस्तित्व सम्मानित हुनु हो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com