जेठ, २८ । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा सुबोधले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेपछि आपत्ति जनाएका छन् । आजको प्रतिनिधि सभाको बैठमा समय माग गरी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीको राजीनामा मागेपछि सांसद सापकोटाले आपत्ति जनाएका हुन् ।
सांसद शाहीले प्रधानमन्त्री बिरुद्ध सर्वोच्च अदालतमा युद्ध अपराधको मुद्दा दर्ता भएको र सर्वोच्च अदालतले जेठ ३० गते अदालतमा उपस्थित हुन भनेको भन्दै प्रधानमन्त्रीले राजीनामा दिएर अदालती प्रक्रियालाई निष्पक्ष रुपमा अघि बढ्न दिनुपर्ने माग गरेका थिए ।
प्रधानमन्त्रीको राजीनामा मागेपछि समय माग गरी बोल्दै सांसद सापकोटाले राप्रपा प्रमुख सचेतक शाहीको धारणा संसद रेकर्डबाट हटाउन माग गरे ।
‘भर्खरै माननीय ज्युले केही आफ्ना कुरा राख्नुभयो । उहाँले हाम्रो नियमावलीको कुन धारा आकर्षित गरिने कुरा राख्न्नुभयो र प्रधानमन्त्रीलाई उहाँले एकोहोर गैरराजनीतिक तरिकाले लखेटिरहनुभएको छ,’ सापकोटाले भने, ‘प्रधानमन्त्रीको हुर्मत लिनु भनेको राष्ट्रको हुर्मत लिनु हो, म तत्काल भर्खर व्यक्त गर्नुभएको मान्यका धारणाहरु रेकर्डबाट हटाउन माग गर्दछु ।’
सांसदहरुको भनाइपछि सभामुख देवराज घिमिरेले आफ्नो ध्यान आकर्षण भएको बताए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com