काठमाडौं। सरकारले जाजरकोट भूकम्पबाट घाइते भएका सबैको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले गत शुक्रबार जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट घाइते भएका सबैको निःशुल्क उपचार गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिए ।
भूकम्पपीडितहरुको उद्धार कार्य सकिएकाले अब घाइतेको उपचार, राहत र पुनर्स्थापनाको कामलाई सरकारले तीव्रता दिने निर्णय गरेको छ ।
काठमाडौंमा वीर, ट्रमा, टिचिङ, गंगालाललगायतका अस्पताल अलर्ट अवस्थामा राखिएको स्वास्थ्यमन्त्री बस्नेतले बताए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com