काठमाडौं, २९ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अवैध सुन तस्करीकको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठनको प्रक्रिया अघि बढिसकेको जानकारी दिएका छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले अवैध सुुन तस्करीको सम्बन्धमा सीआईबीले आफ्नो प्रतिवेदन बुझाइसकेको भन्दै सहमतिअनुसार आयोग गठन गर्ने प्रक्रिया पनि अघि बढिसकेको जानकारी दिएका हुन् ।
‘म केही समसामयिक विषयमा प्रष्ट पार्ने अनुमति चाहन्छु । अवैध सुन तस्करीको सम्बन्धमा सीआइबीले अनुसन्धान टुंगाई प्रतिवेदन बुझाइसकेको छ । यस अघि भएको सहमतिअनुसार उच्चस्तरीय छानविन आयोग बनाउने प्रक्रिया अगाडि बढेकोसमेत यस सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु ,’ उनले बैठकमा भने ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com