चैत, २४ । नेपाल पर्यटन बोर्डको सीईओका लागि आवेदन खुलेको छ । बोर्डमा लामो समयदेखि रिक्त प्रमुख कार्यकारी अधिकृत सीईओ पदपूर्तिका लागि आवेदन खुलेको छ ।
नेपाल पर्यटन बोर्डको सीईओ छनोट उपसमितिले शनिबार सूचना प्रकाशित गर्दै इच्छुक व्यक्तिबाट आवेदन माग गरेको छ । इच्छुक प्रतिस्पर्धीलाई १२ दिनभित्र आवेदन दिन समय उपलब्ध गराइएको छ ।
पूर्व सीईओ धनन्जय रेग्मीको कार्यकाल सकिएसँगै बोड नेतृत्वविहीन थियो । सीईओ पदको कार्यकाल चार वर्षको हुन्छ । यस पदका लागि स्नातकोत्तर उत्तीर्ण भई पर्यटन क्षेत्रमा कम्तिमा १० वर्षको अनुभव भएको हुनुपर्ने प्रावधान छ भने ३५ वर्ष पूरा भई ६० वर्ष ननाघेका व्यक्तिहरुले प्रतिस्पर्धामा भाग लिन पाउनेछन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com