काठमाण्डौ, १६ । राष्ट्रिय स्वतन्त्र पार्टी फुट्ने तर्फ उन्मुख भइरहेको छ । डा. तोषिमा कार्कीले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेको स्टाटसले रास्वपा भित्र गम्भीर भूइँचालो जाँदैछ भन्ने अनुमान लगाउन बल पुर्याएको छ । विधिको शासन भनेर प्रश्नचिन्ह राखेर तोसिमाले पोष्ट्याएकी छिन् ।
पार्टीको महोत्तरीमा बसेको केन्द्रीय कमिटिको बैठकले थुप्रै पदाधिकारी चयन गर्याे । तर सुरु देखिनै रवि लामिछाने लगायतको प्यारो हुन नसकेकी सोविता गौतमले कुनै पदाधिकारीको जिम्मेवारी पाइनन् । तोषिमा कार्कीले पनि कुनै महत्वपूर्ण जिम्मेवारी पाइनन् । विराजभक्त श्रेष्ठ लगायत थुप्रै सक्षम मानिएका अनुहारहरुले यो पटक पार्टीको जिम्मेवारी पाएनन् । बरु एमाले छाडेर आएकी भरतमोहन अधिकारीकी छोरी लिमा अधिकारीले फ्याट्टै कोषाध्यक्षको जिम्मेवारी पाइन् । रास्वपा बनाउन सुरु देखि भूमिका खेलेकी, प्रत्यक्ष चुनाव जितेर आएकी तोषिमा र सोवितालाई रवि लामिछानेले पाखा लगाएको केन्द्रीय कमिटि प्रति चौतर्फी आलोचना भइरहेको छ । भित्रभित्रै रवि विरोधी आवाजहरु मुखरित भइरहेको बेला तोषिमा कार्कीले मुखै फोरेर स्टाटस ठोकी छिन् । उनले स्टाटसमा कुन पार्टीलाई लक्षित गरि लेखिएको स्पष्ट नपारे पनि उनले आफ्नै पार्टीर सभापतिलाई लक्ष्ाित गरि लेखेको बुझ्न गाह्रो छैन । विधिको शासनमा चलाउने, जान्नेलाई छान्ने पार्टीको निति बोकेको रास्वपाले नै विधि पद्धती मिचेको छ । पार्टी पदाधिकारी चयन गर्ने बेलामा मिचिएको विधिलाई लक्षित गरि तोषिमाले फेसबुकमै रोष प्रकट गरेकी हुन् । यो रवि लामिछानेका लागि गतिलो झाप्पड हो । मेडिकल डाक्टर रहेकी तोषिमा पार्टी भित्र स्पष्ट वक्रा मानिन्छन् । सोविता गौतम पनि यस्तै दक्ष नेतृ हुन् । यी दुवैमा अध्ययन क्षमता असाधारण छ । तर लिमा अधिकारीहरुलाई रविले काखी च्याप्दा तोषिमाहरु अन्यायमा परेको बुझ्न कठिन छैन । तोषिमाको स्टाटसमा कमेन्ट गर्नेहरुले मिश्रीत प्रतिक्रिया दिएका छन् । तर धेरैले रवि लामिछानेले अन्याय गरेको पीडा फेसबुकमा पोखेको भन्दै टिप्पणीहरु गरिएको छ ।
स्टार भण्डारीले तोषिमा माथि अन्यायए भएकै छ है भनि लेखेका छन् । सुशिल परियारले चित्त दुखेजस्तो छ दिदीलाई लेखेका छन् । विष्णु गैरैले साना साना कुरामा खोट बैमनष्यता नराखौँ संयम भएर ८४ कुरौँ भनेका छन् । कृष्ण गाउँलेले रास्वापले पनि गरेन, तोािष्मा, सोविताहरुलाई पाखा लगाएर रवि सरका पकेटका लाई काखा राखेर के गर्न खोजिएको ?
यस्ता सयौँ कमेन्टहरु एक घण्टामा आइसकेका छन् । जहाँ अधिकांश रास्वपा भित्रको विवादलाई प्रष्टुयाउने रास्ववाकै कार्यकर्ताहरुको कमेन्ट देखिन्छ । रास्वपामा उनीहरु मात्रै होइन अरु थुप्रै नेताहरु रविको सिकार बनेका छन् । रास्वपामा रविको आलोचना जस्ले गर्छन् पार्टीमा जसले रविको भन्दा पmिरक मत राख्छन् उनीहरुलाई छानी छानी सिकार बनाउने गरिएको रास्वपा भित्र चर्चा छ । रास्वपामा भर्खरै प्रवेश गरेकाहरुलाई महत्वपूर्ण जिम्मेवारी दिएर सक्षमहरुलाई पाखा लगाउनाले रविको रास्वपा पार्टी धेरै अघि बढ्ने देखिँदैन । नयाँ पार्टीमा पनि पुरानै पार्टीका झैँ फहोरी राजनीति, गुट उपगुटको खेल मौलाए जनताको भरोसा कहाँ र।हन्छ र ? तर अहिले रास्वपा भित्र झाँगिएको विराजभक्त श्रेष्ठ समूहको तोषिमा कार्की, सोविता गौतमहरुलाई पाखा लगाएर रविले आफ्नो गुटलाई बलियो बनाउन खोजेको देखिन्छ । जहाँ रविले आफ्ना सहयोगी दिपक बोहोरालाई समेत पदाधिकारीमा ल्याएका छन् । अरु को त के कुरा गर्नु र ?
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com