फागुन, २९ । सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ।
आज बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिन आफ्ना सांसदहरुलाई ह्विप जारी गरेको हो । सबै सासंदलाई संसद्मा अनिवार्य उपस्थित भएर विश्वासको मत दिन निर्देशन दिएको रास्वपाका महामन्त्री तथा प्रवक्ता डा.मुकुल ढकालले बताए ।
प्रधानमन्त्री प्रचण्डले यही फागुन ३० गते संसद्मा विश्वासको मत लिँदै छन्।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com