माघ, २७ । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले लगातार दोस्रो जित निकालेको छ । आफ्ना खेलाडीहरूले धैर्यपूर्वक गरेको ब्याटिङको सहाराले नेपालले शनिवार कीर्तिपुर मैदानमा क्यानडालाई पराजित गरेको हो । अनिल शाहको कीर्तिमानसहित कप्तान रोहित पौडेल, देव खनालको अर्धशतकमा नेपालले दोस्रो ब्याटिङमा लगातार बाउन्ड्री प्रहार गर्दै कीर्तिपुर मैदानमा उपस्थित दर्शकमाझ जित हात पारेको हो।
शनिवार कीर्तिपुर मैदानमा टस जितेर ब्याटिङ रोजेको क्यानडाले नेपाललाई २८६ रनको चुनौतीपूर्ण लक्ष्य दिएको थियो।
नेपालले ४५.१ ओभरमा ६ खेलाडी गुमाउँदै २८७ रन बनाएको थियो। कुशल मल्लले छक्का प्रहार गरेसँगै नेपालले तीन खेलको शृङ्खलामा एक खेल बाँकी हुँदै जित हासिल गरेको छ। लगातार दुई जितसँगै तीन एकदिवसीय शृङ्खलामा नेपालले २-० कब्जा गरेको छ।
अर्को हप्ता कीर्तिपुर मैदानमा नै सुरु हुने विश्वकप लिग २ को लागि नेपालको यो अभ्यास शृङ्खला हो। पहिलो खेलमा क्यानडाविरुद्ध उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिएर नाटकिय जित हात दिलाउन भूमिका खेलेका कप्तान रोहित पौडेलले दोस्रो खेलमा पनि गज्जबको प्रदर्शन गरे।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com