भदौ, १५ । २०७२ सालको भूकम्पले क्षतविक्षत बनाएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका शुक्रबारदेखि मानव आवतजावतसहित सञ्चालनमा आयो । ८ वर्षपछि नेपाल तर्फको तातोपानी नाका र चीन तर्फको नाकामा शुक्रबार विछट्टै खुसीयाली छायो । नाका खुलेकोमा चिनले हर्ष बढाइँ गर्याे । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सांसद माधव सापकोटासहित नेपाली टोलीलाई तिब्बत सरकारको वित्त प्रमुख वाङ पीङ र सिगात्से नगर प्रमुख पासाङले खादामाला सहित चीनमा स्वागत गरे ।
चीनले नाका संचालनका लागि परिपक्व व्यवस्थापन गरिरहेको छ । आगमन र प्रस्थानका लागि व्यवस्थित मार्ग बनाइएको छ । भत्कीएका कतिपय भवनहरु बन्न बाँकी छ भने अधिकांश बनाइसकेको छ र साना पसलहरु संचालन ल्याएको छ । खासा व्यापारमा मात्रै निर्भर सीमाबासीलाई चिनियाँ क्षेत्र लिपिङपारी १५ वटा, रमिते र खासामा ५ वटा पसल सञ्चालन गरिएको छ । स्थानीयले ती पसलमा गएर कपडा र घरायसी सामान किन्न पाउँछन् । पहिलो दिन नै केही नेपालीहरुले चीनबाट उपभोग्य वस्तुहरु खरिद गरेका छन् ।
नेपाली अध्यागमन कार्यालय कोदारीले शुक्रबारसम्म तीन सय ५० भन्दा बढि निलो रंगको पास जारी गरेको छ । जुन पास सीमाबाट ३० किलोमिटर क्षेत्र न्यालमसम्म सिन्धुपाल्चोकबासी जान पाउने छन् । तर खासा क्षेत्रमा धेरै संरचनाहरु निर्माण गर्न बाँकी रहेकाले हाललाई सिमापारी लिपिङसम्म मात्रै नेपालीलाई प्रवेश दिइएको छ । नाका खुलेपछि अब व्यापार व्यवसायमा तातोपानी क्षेत्रमा चहलपहल सुरु हुने व्यवसायीहरुको अपेक्षा छ ।
८ वर्ष देखि दुवै देशका एक जना पनि नागरिक आवतजावत गर्नबाट बञ्चित बने । पछिल्लो समय कोरोनाले झनै ठप्प बनायो । नाका क्षेत्रमा बस्ने दुवै देशका नागरिकहरुले अब नाका पुन सुचारु हुने आश मारिसकेका थिए । भूकम्पले क्षति पुर्याएका घरहरु जस्ताको त्यस्तै छाडेर बसाई सरे । त्यसबीचमा नेपाल सरकारले नाका खुलाउन केही प्रयास गर्याे तर त्यो प्रभावकारी भएन ।
२०७९ सालमा भएको निर्वाचनमा तातोपानी नाका समेत रहेको सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका लागि माओवादी पार्टी बाट माधव सापकोटा सुवोध उम्मेदवार बने । उनले कुनै पनि हालतमा तातोपानी नाका खुलाउने आफ्नो मुल एजेण्डा हुने मतदातासंग विश्वास दिलाए । मतदाताले पनि तातोपानी नाका फेरि खुल्ने आशामा विजयी गराई संसद पुर्याए । सभामुख छँदा देखि नै पहल कदमी लिइरहेका अग्नी सापकोटा र सांसद माधव सापकोटाले चिनियाँ नाका खोल्नेबारे तदारुकता देखाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पटक पटक दवाव दिइरहे । प्रधानमन्त्री प्रचण्डले उच्च स्तरिय कुटनितिक माध्यमबाट नाका खुलाउन आग्रह गरेका थिए । फलस्वरुप दुई देशका नागरिक आवतजावत गर्न मिल्ने गरि नाका पूर्ण संचालनमा ल्याएको हो ।
निकट भविष्यमै प्रधानमन्त्री प्रचण्डले चिन भ्रमण गर्ने तयारी छ । उक्त भ्रमणका क्रममा सरकारले चीनीयाँ पक्षलाई बाह्रविसे देखि नाकासम्मको नेपाली सडक स्तरोननती गरिदिन प्रस्ताव राखिनेछ । यसबारे सांसद सापकोटाले केही दिन अघि प्रधानमन्त्री प्रचण्डलाई नै भेटेर कार्यसुचीमा समेट्न आग्रह गरेका थिए । त्यसैको प्रतिफल प्राप्त हुन सुरु भएको सांसद सापकोटाको ठम्याई छ । नाका खुल्दा सांसद सापकोटा ज्यादै हर्षित देखिए । चुनावमा गरेको वाचाहरु पूरा गर्दै जान पाउँदा मन आनन्दीत हुने उनको भनाई छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com