पुष, २४ । सोलुखुम्बुको खुम्बु क्षेत्र जोड्ने सगरमाथा पर्यटन सडक खण्डमा कालोपत्रेको काम छिट्टै थालिने भएको छ । जसका लागि एसियाली विकास बैंक एडीबीले सहयोग गर्ने भएको छ ।
ट्रयाक ओपन भएर कालोपत्रे हुन नसकेको सगरमाथा पर्यटन सडक खण्डको कालोपत्रेका लागि सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले लामो समयदेखि पहल गरेका हुन् । मेयर शेर्पाले भने, ‘खुम्बु जोड्ने सडकमा कालोपत्रेको कामले बल्ल सार्थकता पायो, अब छिट्टै ठेक्कमा जान्छ र काम सुरु हुन्छ ।’
सुरुवातमा १० किलोमिटर सडक कालोपत्रेको काम अघि बढाईने मेयर शेर्पाले जानकारी दिए । सदरमुकाम सल्लेरी–फाप्लु–रिङमु–नुनथला–टाक्सीन्दु हुँदै खुम्बु जोड्ने यो सडकखण्डको जम्मा ४३ किलोमिटरको डिपीआर तयार गरिएको थियो । जसको लागि लागत ५० करोड अनुमान गरिएको छ । एडिबीले विभिन्न चरणमा कालोपत्रेको काम गर्ने जनाएको छ । तत्काल कालोपत्रेको काम भने फाप्लुबाट सुरु गरिनेछ भने २ वर्षमा काम सक्नेगरि १० किलोमिटरको दुरीमा टाक्सीन्दुसम्मको कालोपत्रेको कामका लागि ठेक्का आह्वान गरिनेछ ।
यस्तै, नगरपालिकाले जुभिङघाटस्थित दुधकोशी नदी माथिको मोटरेबल पुलको निर्माण कार्यलाई पनि तिब्रता दिएको छ । केही महिनाभित्रै पुलको निर्माण कार्य सकिने मेयर शेर्पाले जानकारी दिए । गत असोज ३ गते संविधान दिवसको अवसर पारी मेयर शेर्पाले आफ्नो नगरपालिका क्षेत्रबाट सुरु हुने उक्त सडक कालोपत्रे योजनाको शिलान्यास गरेका थिए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com