साउन, ३ । कोशी प्रदेश सरकारले आर्थिक वर्ष ०७९/०८० को बजेटमा समावेश ५० करोड रुपैयाँ बराबरको सडक कालोपत्रे गर्ने बजेट कटौती गरेपछि सोलुखुम्बुको थुलुङदुधकोशी गाउपालिकाका अध्यक्ष असिम राई उच्च अदालत पुगेका छन् ।
यस अघिका मुख्य मन्त्री हिक्मतबहादुर कार्कीले आफ्नो गाउँपालिका जाने सडक कालोपत्रे गर्ने सम्वन्धी योजना सुनियोजित रुपमा कटौति गरे पछि आयोजना पुन कायम गराउन भन्दै थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राइले उच्च अदालत विराटनगरमा निवेदन दर्ता गरेका हुन् । गत आर्थिक वर्षमै बहुबर्षे आयोजनाका रुपमा समाबेश भई आर्थिक मामिला तथा योजना मन्त्रालयबाट श्रोत सुनिश्चित गरिएको आयोजना खारेज भएपछि पुन कायम गराई पाउँ भनि निवेदन गरेका हुन् ।
नेलेदेखि गाउँपालिका केन्द्र मुक्लीसम्मको करिव ८ किलोमिटर सडक कालोपत्रेका लागि योजना छनौट भएपछि यहाँका नागरिक हर्षित भएका थिए । तर विना कुनै कारण बजेट कटौती भएपछि असन्तुष्ट रहेका गाउँपालिका अध्यक्ष असिम राई योजना फिर्ता पाउनका लागि केही समयदेखि प्रयासरत थिए । अध्यक्ष राईले भनेका छन्, ‘तर आन्तरिक प्रयासले योजना पुन कायम हुने स्थिति नभएपछि हामीले न्यायीक बाटो रोजेका हौँ ।’
स्रोतका अनुसार आफ्नो नेतृत्वको सरकार ढल्ने भएपछि एमाले नेता एवं निवर्तमान मुख्यमन्त्री कार्कीले अन्य पार्टीको नेतृत्व रहेको स्थानीय तहहरुको योजना खारेज गरेका हुन् । मन्त्रालयले बहुबर्षे स्वीकृति प्रदान गरेर सबै प्रक्रिया पुर्याई टेन्डर भैसकेको उक्त योजना खारेज गरिनु अवैध रहेको अध्यक्ष राईको दावी छ ।
उक्त सडकखण्ड कालो पत्रे नुहँदा थुलुङदुधकोशी गाउँपालिका सहित सोताङ र महाकुलुङ गाउँपालिका आवतजावत गर्ने यात्रुले समेत सास्ती पाइरहेका छन् । वर्षातको समयमा झनै हिलाम्मे हुने सडक कालोपत्रका लागि अध्यक्ष राईले अघिल्लो कार्यकाल देखि नै प्रदेश सरकारसंग पहल गर्दै आइरहेका थिए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com