असार, १० । सोलुखुम्बुको सोताङ गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ३५ करोड रुपैयाँभन्दा बढिको बजेट ल्याएको छ । सोताङ गाउँपालिका गाउँसभामा गाउँपालिका उपाध्यक्ष अञ्जु राईले रु. ३५ करोड ४९ लाख ६१ हजारको बजेट बजेट प्रस्तुत गरेकी हुन्।
जसमा नेपाल सरकार वित्तिय समानिकरण अनुदान रु. ८ करोड २१ लाख र प्रदेश सरकार रु. ४९ लाख ७८ हजार गरि जम्मा रहेको छ । यस्तै संघीय सरकारको सशर्त अनुदान रु .१५ करोड १९ लाख ३३ हजार रहेको छ भने प्रदेशको सर्शत अनुदानबाट २२ लाख २५ हजार रुपैयाँ रहेको अध्यक्ष खिलाराज बस्नेतले जानकारी दिए ।
उहाँका अनुसार नेपाल सरकारको विषेश अनुदान रु. १ करोड, राजश्व बाडफाडमा संघीय सरकारबाट ६ करोड २४ लाख ९९ सय हजार र प्रदेश सरकारको जम्मा रु. २१ लाख २७ हजार रहेको छ ।
सोताङ गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि खानेपानी व्यवस्थापनमा बढि प्राथमिकता दिई बजेट विनियोजन गरेको छ । साथै स्वास्थ्य क्षेत्रलाई दोस्रो प्राथमिकतामा रहेको जनाइएको छ । पूर्वाधारतर्फ गाउँपालिकाको सभाहल निर्माण र खेलकुदका लागि वडा नम्बर ३ मा रंगाशाला निर्माण गर्ने लगायतका कार्यक्रम राखिएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com