फागुन, २१ । नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन भत्किएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति जुटेसँगै गठबन्धन भत्किएको हो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एमालेसहित रास्वपा, जसपा र जनमत सहभागी हुने भएका छन् । गठबन्धनमा फेरबदल भएसँगै सानो आकारको मन्त्रिमण्डल बन्ने भएको छ । आजै मन्त्रिपरिषद् समेत पुनर्गठन हुने एमालेका एक नेताले बताएका छन् । पहिलो चरणमा एमालेबाट पदम गिरी मन्त्री बन्ने टुंगो लागेको छ भने माओवादीबाट वर्षमान पुन र रास्वपाबाट रवि लामिछाने मन्त्री बन्ने चर्चा छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com