काठमाडौँ। त्रिकोणात्मक टी—२० क्रिकेट शृङ्खलाको फाइनलमा आयोजक राष्ट्र नेपालले संयुक्त अरब इमिरेट्स ९यूएई० लाई जितका लागि एक सय ६३ रनको लक्ष्य दिएको छ । खेलको आक्रामक सुरुआत गरेका नेपाली ब्याट्सम्यानले पछिसम्म त्यसलाई निरन्तरता दिन सकेनन् ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ६२ रन बनाएको हो । अन्तिम ओभरमा समेत नेपालले गतिलो रन बटुल्न सकेनन् । नेपालले अन्तिम ओभरमा दुई रन मात्र बनायो ।
करण केसी २३ रन बनाउँदै अविजित रहे । उनले १७ बलको सामना गरी एक छक्का र दुई चौका हिर्काए । अविनाश बोहरा शून्य रनमा अविजित रहे । नेपालका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले ५० रनको योगदान गरे ।
निकट भविष्यमा नेपालमै आयोजना हुने टी—२० विश्वकप क्रिकेटको एसियाली क्षेत्रको छनोट प्रतियोगिताको तयारीका क्रममा यो त्रिकोणात्मक शृंखला खेलिएको हो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com