साउन, २५ । नेपाल विद्युत् प्राधिकरणको नाफा एक अर्बले घटेको छ । प्राधिकरणले बिहीवार पत्रकार सम्मेलन गर्दै नाफा १ अर्ब ४ करोड रुयाँले घटेको जनाएको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत आर्थिक वर्ष २०७९र८० मा १२ अर्ब ३३ करोड रूपैयाँ मात्रै नाफा कमाएको बताए । यस्तो नाफा अघिल्लो आर्थिक वर्ष २०७८र७९ मा १३ अर्ब ३७ करोड रुपैयाँ रहेको थियो ।
दुई वर्षअघि ८१ अर्ब रुपैयाँ आम्दानी गरेको प्राधिकरणको कूल आम्दानी १ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com