वैशाख, १० । केहीदिनयता देशभरको तापक्रम वृद्धि हुँदा जनजीवन प्रभावित बनेको छ। तापक्रम बढ्दै जाँदा तराई मधेशका जिल्लामा तालो हावा लु चल्न थालेको छ। जसको कारण तराई मधेस क्षेत्रको जनजीवन कष्टकर बनेको छ। काठमाडौँमा आइतबार अधिकतम तापक्रम ३३.५ डिग्री मापन भएको छ।
आइतबार भैरहवा र जनकपुरको अधिकतम तापक्रम ४० डिग्री भन्दा माथि मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आइतबार दिउँसो भैरहवामा अधिकतम तापक्रम ४०।६ डिग्री सेल्सियस मापन भएको छ।
त्यसैगरीमा जनकपुरमा ४०.२, धनगढीमा ३८.५, नेपालगन्जमा ३८.४ र सिमरामा ३९.२ डिग्री सेल्सियस मापन भएको छ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com