पुष, २४ । तेक्वान्दोकी राष्ट्रिय खेलाडी काजल श्रेष्ठ अन्तर्राष्ट्रिय रेफ्री बनेकी छिन् । अन्तराष्ट्रिय तेक्वान्दोले लिएको परिक्षामा उनी उतिर्ण भएसँगै काजल अन्तर्राष्ट्रिय रेफ्री बनेकी हुन् । सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकाकी काजल सन् २०२३ को डिसेम्बर ७ देखि १० सम्म अन्तराष्ट्रिय तेक्वान्दोले कोरियाको मुजु शहरमा लिएको परिक्षामा सामेल भएकी थिईन् । काजलको तेक्वान्दो यात्रा अब अन्तराष्ट्रिय स्तरमा हुनेछ । सानै उमेरदेखि तेक्वान्दो खेलमा लागेकी काजलले १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक जित जात पारेकी थिईन् । त्यस्तै, उनले सन् २०२३ अगष्टमा कोरियामा भएको एमबीसी कप अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसीपमा रजत पदक जितेकी थिईन ।
सन् २०२३ मै अजरबैजानमा भएको तेक्वान्दोको विश्व च्याम्पीयनसीपमा पनि उनले सहभागिता जनाएकी थिईन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com