असार, २८ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन हुँदा मुख्यतया तीन व्यक्ति आलोचनाको केन्द्रमा परे । सीता दाहालको निधनपछि दिएको अभिव्यक्तिका कारण रास्वपा सांसद तोसिमा कार्की र अभियान्ता तारा बराल आलोचित भए भने इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलले श्रद्धान्जली कार्यक्रममा फोटो भिडियो खिचेपछि आलोचित बने ।
इन्द्रेणी कार्यक्रमका सञ्चालक कँडेल सिता दाहालको पार्थिव शरिर पेरिसडाँडास्थित पार्टी कार्यालयमा राख्दा त्यहीँ पुगेका थिए । लाइन मिचेर सीताको पार्थिव शरिरमा छेवैमा रहेको माला टिपेर हतार हतार नजिकै पुगेका थिए । उनको हातमा पोर्टेवल क्यामेरा थियो । तर माला लगाइदिएको फोटो भिडियो छुट्ने भएपछि उनले इन्द्रेणीकै कलाकार छत्र शाहीको हातमा क्यामेरा थमाइदिन्छन् । सायद छत्रले पनि तत्काल बुझेनन् होला की कँडेलले यो के गर्दैछन् । त्यसपछि कँडेलले हतार हतार सिकार फेला परे जसरी जिब्रो निक्ल्दै सिता दाहालको पार्थिव शरिरलाई घेरा हाल्न पुग्छन् ।
यो सबै दृश्यले देखाउँछ कि कृष्ण कँडेल फोटो र भिडियोका लागि कुन हदसम्म गिर्न सक्छन् । उनमा साच्चीकै सिता प्रति गहिरो भावना स्नेह थियो भने चाहे कसैले फोटो खिचुन वा नखिचुन के मतलव ? श्रद्धापूर्वक पुष्पगुच्चा अर्पण गरि वैकुण्ठ वासको कामना गरेपछि त्यो भन्दा ठूलो शान्ति के मा मिल्छ र ? तर यी मानिस केबल एक क्लिक राम्रो तस्वीर लिएर सामाजिक संजालमा उपलोड गर्ने हुटहुटीमा कुदिरहेका थिए ।
त्यसैगरि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन हुँदा आलोचनाको केन्द्रमा पर्ने अर्की व्यक्ति हुन् तोषिमा कार्की । तोसिमा कार्की आँफैमा मेडिकल डाक्टर हुन् । डाक्टरले विरामी हुनुको पीडा, मृत्यु हुँदा परिवारमा परेको शोकको पीडा सबैभन्दा नजिकबाट अनुभुति गर्न सक्छन् । तर तोसिमाको हिजोको बोली सुन्दा तोसिमा पनि केटौले उमेरका भन्दा माथि उठ्न सकेकि रहिनछन् भन्ने आभाष गराउँछ । हुन त मानिसले आधा भिडियो मात्रै सुन्ने भन्ने तर्क गर्नसक्छन् । पुरै भिडियो सुन्दा पनि अरु प्रसंगहरु जे जस्तो भए पनि प्रचण्डले सिता दाहाललाई विरामी हुँदा वास्ता नगरेको आरोप लगाएकी छिन् ।
आफ्नै श्रीमतिलाई समय नदिनेले राष्ट्रलाई कसरी समय दिन सक्छन् भन्ने तोसिमाको अभिव्यक्ति छ । सिताका लागि प्रचण्डले कति गरे त्यो स्वयम प्रचण्ड, रेणु गंगा, दुई ज्वाइँहरुलाई बाहेक अरुलाई कमै थाहा होला । प्रचण्डले सिताका लागि गर्नुसम्मको उपचार गरेका थिए । अमेरिका, सिंगापुर, भारतका अस्पतालहरुदेखि रामदेवसम्म पुर्याएका छन् । एक पटक रामदेवलाई खुमलटार मै बोलाएर सिताको अवस्था सुधारका लागि प्रयत्न गरेका थिए । काठमाडौँका नर्भिक देखि ह्याम्स अस्पतालसम्म पुर्याएर प्रचण्ड आफैँ अस्पतालमा रुँघेर बसेका थिए । प्राकृतिक उपचारका लागि हुनेसम्मको उपाय पनि लगाए । राष्ट्रिय नेताले खाली समय निकालेर श्रीमति सितालाई उत्तिकै समय दिइरहेका थिए ।
तारा बराल पनि यतिबेला निकै आलोचित छन् । सिता दाहालको मृत्युपश्चात बरालले दिएको अभिव्यक्ति यतिबेला समाजिक सञ्जालमा भाइरल नै बनिरहेको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com