असार २९ । संयुक्त राष्ट्र संघको आयोजनामा दीगो विकासका लागि उच्च स्तरीय राजनीतिक फोरमको कार्यक्रममा नेपाली प्रतिनिधमण्डलले भाग लिइरहेका छन् । यही जुलाई १० देखि संयुक्त राज्य अमेरिकाको राजधानी न्युयोर्कमा जारी विश्वभरका नेताहरुको भेला जुलाई १९ मा सकिने छ ।
नेपालबाट प्रतिनिधिसभा सदस्य माधव सापकोटा, महेश बर्तौला, राष्ट्रिय सभा सदस्य माननीय प्रकास पन्थ, प्रतिनिधि सभाका सचिव रोजनाथ पाण्डे र गैर सरकारी संस्था महासंघ नेपालका उपमहासचिव राजेन्द्र शर्मा सहभागी हुनुहुन्छ ।
भेलामा सहभागी सांसद माधव सापकोटाले पाँचौ दिनसम्म आइपुग्दा नेपाल जस्ता अल्पविकसित देशहरुको दीगो र प्रभावकारी विकास तथा समृद्धीका लागि सम्भावित कार्यक्रमहरुका बारेमा छलफल भइरहेको बताउनुभयो ।
नेपाली प्रतिनिधि मण्डल जुलाई २३ अर्थात साउन ७ गते नेपाल फर्कने कार्यक्रम रहेको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com