चैत, २७ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रबि लामिछानेमाथिको छानबिनको विषयलाई अडान नछाडेपछि आज पनि संसद बैठक अवरोध भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा पनि काग्रेसले अडान यथावत राखेपछि संसद् बैठक भोलि बुधबार दिउँसो ११ बजेसम्मलाई स्थगित भएको छ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति माग गरिरहेको छ। मंगलबार बसेको बैठकमा पनि कांग्रेसले त्यही माग राखेर बैठकमा अवरोध गरेको थियो।
कांग्रेस सचेतक सुशीला थिङले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि उठेका प्रश्नबारे संसदीय छानबिन समिति बनाउनुपर्ने माग गरेकी थिइन्।
थिङले आफ्नो कुरा सकेसँगै सभामुखले रास्वपाका सांसद मनिष झालाई बोल्न समय दिए। तर, कांग्रेस सांसदहरूले उनलाई बोल्न दिनबाट रोके र संसद अवरोध गरेका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com