वैशाख, ३ । काठमाण्डौ उपत्यका जोड्ने सिस्ने खोला नागढुङ्गा सुरुङ मार्गको ‘ब्रेक थ्रु’ गरिएको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्विच थिचेर सुरुङमार्गको ‘ब्रेक थ्रु’ गरेका हुन् । सुरूङमार्गको ‘ब्रेक–थ्रु’ गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालको भौगोलिक बनौटका आधारमा सुरूङमार्ग निर्माणलाई प्राथमिकता दिनुपर्ने बताए । उनले सुनकोशी मरिन डाइभर्सन सिँचाइ आयोजनाको सुरूङ पनि छिटै ‘ब्रेक–थ्रु’ हुने उल्लेख गरे ।
काठमाण्डौको चन्द्रागिरि नगरपालिका बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने सुरुङमार्ग आयोजनाको मुख्य सुरुङको लम्बाइ दुई हजार छ सय ६७ मिटर रहेको छ । नागढुंगा सुरुङमार्ग एसियाली विकास बैंक ९एडीबी०को सहुलियतपूर्ण ऋणसँगै नेपालको स्रोतमा निर्माण भइरहेको छ।
नागढुंगा सुरुङमार्ग छेडिँदा करिब ५ किलोमिटर छोटो हुन्छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ४ गते सुरुङमार्गको शिलान्यास गरेका थिए। आयोजनाको उद्धार सुरुङ ‘रेस्क्यु टनेल’ भने गत साउनमै ‘ब्रेक थ्रु’ भइसकेको छ । सुरुङभित्रको सडक ढलान, बत्ती जडान, अक्सिजन पाइप जडान ९भेन्टिलेसन० लगायतका काम बाँकी रहेको आयोजनाले जनाएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com