पुष, २८ । नेकपा माओवादी केन्द्रले फागुन १ देखि तीन दिन विधान अधिवेशन गर्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी कमिटीको बैठकले फागुन १,२ र ३ गते विधान महाधिवेशन गर्ने निर्णय गरेको हो ।
पार्टीको तल्लो कमिटीबाट मस्यौदाबारे प्राप्त सुझावबारे छलफल र निर्णय गर्न माघको अन्तिम साता पुनः स्थायी कमिटीको बैठक बस्नेछ। सो बैठकले मस्यौदाबारे निर्णय लिनेछ ।
विधान संसोधनका लागि गठित मस्यौदा समितिले केन्द्रीय कमिटीको आकार १५१ सदस्यीय बनाउने प्रस्ताव गरेको थियो।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com