चैत, १६ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १९ गते विश्वासको मत लिने भएका छन्।अल्पमतमा परेको २७ औँ दिनमा विश्वासको मत लिने तयारी गरेका हुन्। सरकार गठनका लागि बहुमत पुग्नेमा ढुक्क भएपछि विश्वासको मतका लागि प्रस्ताव दर्ता गरिएको प्रमुख सचेतक ढकालले बताए।
शुक्रबार नेकपा माओवादी केन्द्र बागमती प्रदेशका प्रमुख सचेतक रत्नप्रसाद ढकालले प्रदेश सभामा विश्वासको मतको प्रस्ताव दर्ता गराएका हुन्।
गत फागुन २३ गते नेपाली कांग्रेसको ६ जना मन्त्रीले पदबाट राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com