माघ, १४ । काठमाडौँ महानगरपालिकाले धरहरामा निर्मित अहिलेसम्मकै विशाल पार्किङस्थल खुलायो । धरहरामुनी अन्डरग्राण्ड तीन तल्लासम्म रहेको हजारौँ मोटरसाइकल र गाडीहरु अट्ने पार्किङ महानगरले खुलाएको हो । यति ठूलो पार्किङ नेपालमा इतिहासमा कहिल्यै बनेन । एकातिर न्युरो र असन क्षेत्रको भद्रगोल सडक पार्किङ हट्यो अर्कातिर पार्किङस्थल प्रयोगमा आयो । हो काठमाडौँ महानगरपालिकाले संचालन गर्ने गरि धरहरा मुनीको पार्किङ निशुल्क संचालनमा आएपछि आम काठमाडौँबासी हर्षले उन्मुक्त बनेका छन् ।
अहिले पार्किङकै नाममा शुल्क उठाएर लु्ट्नेहरुको धन्दा बन्द भएको छ । सडकमै पार्किङ गर्दा पनि घण्टाको २५ देखि ३० हजार रुपैयाँ धन्दावालहरुको गोजीमा पुग्थ्यो । अब तपाईले धरहरामा दिनभरी पार्किङ गर्नुहोस, केही दिनलाई नै पार्किङ गर्नुहोस अहँ तपाईले एक रुपौयाँ पनि तिर्नु पर्नेछैन । र तपाईको सवारी सुरक्षा पनि भरपर्दाै रुपमा हुनेछ । यहाँका प्रत्यक २० मिटरको अन्तरालमा अत्याधुनिक सिसिक्यामेरा फिट गरिएको छ । यी सिसि क्यामेराले फुल एचडी क्वालीटिमा तपाईको सवारी साधनहरु कैद गरिरहेका हुन्छन् । र चोरी भइहाले पनि सहजै तपाईका सवारी साधनहरु खोजीका लागि सहज हुनेछ । मुल गेटमा पनि उस्तै क्वालिटिको सिसि क्यामेरा जडान गसिरएको छ । यो सबै महानगरपालिकाको खर्चमा व्यवस्थापन गरिएको हो ।
धरहराको यो पार्किङमा सात हजार थान मोटरसाइकल र १५ सय भन्दा साना चार पांग्रे गाडीहरु एकसाथ पार्किङ गर्न सकिन्छ । अहिले पहिलो तल्लाकै ५० प्रतिशत पार्किङ एरिया भरिएको छैन । भने दोस्रो र तेस्रो तल्लाको पार्किङ खुलाउन आवश्यक नै देखिएको छैन । यद्यपी बाँकी दुई तल्लामा पनि सरसफाई र अन्य व्यवस्थापनको काम छिटो सकाउन काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले ठेक्केदार कम्पनीलाई निर्देशन दिइसकेका छन् । पार्किङस्थललाई व्यवस्थित गरे पछि सर्वसाधारण खुसी छन् ।
न्युरोड, असन, विशालबजार र बसन्तपुर क्षेत्रको भद्रगोल पार्किङ र पसलहरु हटाएपछि सर्वसाधारणले त्यहाँ कहिल्यै नदेखिएका मन्दीर सांस्कृति संरचनाहरु देख्न पाएको अनुभव व्यक्त गरेका छन् ।
निर्माण सम्पन्न नै नभइकन तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्ष अघि धरहराको उद्घाटन गरेका थिए । अहिले पनि धरहराको थुप्रै कामहरु बाँकी छन् । निर्माण कम्पनीले सुस्त सुस्त बनाइरहेका छन् । तथापी धरहरा भुनीको पार्किङ भने जनताका लागि पूर्ण रुपमा खुला भएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com